प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

मकवानपुरमा खैरो हेरोइनसहित ढकाल पक्राउ

२०७९ असार १३, सोमबार ११:१४ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीबाट लागुऔषध खैरो हेरोइन सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनहरी–८ सिमपानीकै ३० वर्षीय सरोज ढकाल रहेका छन् ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले १ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । पैदल हिडिरहेका उनलाई जाँच गर्दा उक्त पदार्थ सहित फेला पारिएको प्रहरीले जनाएको छ ।