प्रहर खबर
 २०७९ मंसिर १६, शुक्रबार    

हेटौंडामा ट्रकले अटोलाई दियो ठक्कर

२०७९ भाद्र ३०, बिहीबार १२:२७ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बिहीबार बिहान ट्रकले अटोलाई ठक्कर दिएको छ । पुर्वपश्चिम राजमार्ग अन्र्तगत हेटौंडा–९ गुम्बा चोकस्थित सडकमा ना ७ ख २५८१ नम्बरको ट्रकले रातोमाटेबाट हेटौंडा आउँदै गरेको ना १ ह ५२४६ नम्बरको अटोलाई पछाडिबाट ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट अटो चालक हेटौंडा उपमहानगरपालिका–१५ भोर्ले बस्ने २२ वर्षीय अनिल वाईबा सामान्य घाइते भएका छन् । उनको हेटौडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता(डिएसपी) टेक बहादुर कार्कीले बताए । ट्रक, ट्रक चालक ,अटो प्रहरीको नियन्त्रणमा रहेको उनले बताए ।