हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.२ ओमभवनस्थित एक घरमा एक युवक मृत अवस्थामा भेटिएका छन् ।
भिमफेदी गाउँपालिका वडा नं.५ धुसेनी घर भई हाल हेटौंडा–२ स्थित एक घरमा कोठा भाडामा बस्दै आएका वर्ष २४ का कृष्ण रुचाल मगर मृत अवस्थामा फेला परेका हुन् ।
सोमबार साँझ कृष्ण सुत्ने कोठाको भुईमा बेहोस अवस्थामा भेटिएपछि उनको काकाको छोरी रबिना रुचाल मगरले प्रहरीलाई खबर गरेका थिए ।
शव पोटमाटमका लागि हेटौंडा अस्पतालमा राखिएको छ भने घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।