प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

बागमती प्रदेश खेलकुद: जुडोमा सात स्वर्ण छिनोफानो

२०८० जेठ ११, बिहीबार ०१:४५ बजे

हेटौंडा – दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत जुडोको बुधबार सात स्वर्णको छिनोफानो भएको छ । पुरुषतर्फ ३ र महिलातर्फ ४ स्वर्णको टुंगो लागेको हो ।

काठमाडौंको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) को हलमा भएको प्रतियोगिताको पुरुष ६० केजीमुनि ललितपुरका ताराबहादुर भुजेलले ललितपुरकै सचिन वाइबा, ७३ केजीमुनि ललितपुरका राजु शर्मा बदाइले रसुवाका सुनिल नगरकोटी र काभ्रेका प्रवीणकुमार दियालीले नुवाकोटका प्रमोद तामाङलाई पराजित गरी स्वर्ण जिते ।

महिला ४८ केजीमुनि ललितपुरकी निशा श्रेष्ठले काभ्रेकी सुस्मिता नेपाली, ५७ केजीमुनि नुवाकोटकी अन्जु पाण्डेले काठमाडौंकी विनु गुरुङ, ५२ केजीमुनि ललितपुरकी देवकीमाया श्रेष्ठले भक्तपुरकी सकुन सुनुवार र ६३ केजीमुनि सिन्धुपाल्चोककी सुनिता ढकालले ललितपुरकी रेखा श्रेष्ठलाई हराउदै पहिलो स्थान हात पारे ।