प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

दूधको मूल्य वृद्धि फिर्ता

२०७९ पौष २०, बुधबार ०२:५२ बजे

काठमाडौँ – डेरी उद्योगीले दूधको मूल्य वृद्धि फिर्ता गरेका छन् । मङ्गलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छीतर्फका सचिव डा। दीपक खरालको उपस्थितिमा डेरी उद्योगीसँग भएको छलफलपछि उद्योगीहरू मूल्य वृद्धि फिर्ता गर्न सहमत भएका हुन् ।

डेरी उद्योग सङ्घमा आबद्ध केही डेरी उद्योगीले पुस १६ गतेदेखि लागू हुनेगरी दूधको खुद्रा मूल्य वृद्धि गरेका थिए । प्रतिलिटर १४ रुपियाँ वृद्धि गरेपछि त्यसको चर्को आलोचना भएको थियो ।

त्यसपछि पुस १७ गते सचिव खरालको उपस्थितिमा बसेको डेरी उद्योगी र सरोकारवालासहितको बैठकले मूल्य वृद्धि फिर्ता लिन आग्रह गरेको थियो । तर, उद्योगीहरूले पुस १८ गते एक विज्ञप्ति जारी गरी मूल्य वृद्धि फिर्ता नलिने जनाएपछि मङ्गलबार पुनः उद्योगीसँग छलफल गरेर मूल्य वृद्धि फिर्ता गरिएको हो ।गोरखापत्र दैनिकबाट