प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

भीमफेदी कारागारमा कैदीको मृत्यु

२०७९ असार ८, बुधबार १३:१२ बजे

हेटौंडा – मकवानपुरको भीमफेदीमा रहेको क्षेत्रीय करागारमा एक जना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–२ का ३४ वर्षीय मिलन परियार रहेका छन् ।

परियारको एक्कासी छाती पोल्ने र दुख्ने भएपछि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचारका लागि लगिएको भीमफेदी कारागारका सुरक्षागार्ड मओसेतु गुरुङले जानकारी दिए । थप उपचारका लागि हेटौंडा अस्पताल रिफरमा ल्याउने क्रममा नै परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लागूऔषध मुद्दामा उनी बिगत २०७६ जेठ २ गते (३ वर्ष) देखि भीमफेदी करागारमा कैदी जीवन बिताउँदै आइरहेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।