प्रहर खबर
 २०८० जेठ १८, बिहीबार    

मकवानपुरमा श्रीमती कुटपिटपछि श्रीमानद्वारा आत्महत्या

२०७९ पौष १, शुक्रबार १३:३२ बजे

हेटौंडा – मकवानपुरमा एक युवकले श्रीमतीलाई कुटपिट गरी घाइते बनाएर विष सेवन गरी आत्महत्या गरेका छन् । जिल्लाको इन्द्रसरोबर गाउँपालिका– ५ खड्पु नेवार गाउँका बुद्धिराम बलामीले विष सेवन गरी आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार गएराति बुद्धिराम र उनकी २४ वर्षीया श्रीमती आस्था बलामीबीच झगडा भएको थियो । झगडाको क्रममा बुद्धिरामले श्रीमतीलाई कुटपिट गरी घाइते बनाएका थिए ।

कुटपिटबाट घाइते श्रीमतीलाई उपचारको लागि पाटन अस्पताल पठाएर बुद्धिरामले विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेको छ । घटनास्थलमा सेलफस नामक बिषादी फेला परेको उनले बताए । उनले घटनाको अनुसन्धान भइरहेको बताए ।