प्रहर खबर
 २०८१ असार ६, बिहीबार    

लायन्स क्लवद्वारा १ हजार ६ सय १७ जनाको आँखा परीक्षण

२०८० माघ २४, बुधबार ०७:४३ बजे

हेटौंडा – लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल र क्युर ब्लाईण्ड हिमालयण कट्रयाक प्रोजेक्टको संयुक्त आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राबिधिक सहयोगमा २०८० माघ २० गतेदेखि सुरु भएको निशुल्क आँखा परीक्षण सिविरमा मंगलबारसम्म १ हजार ६ सय १७ जनाको आँखा परीक्षण गरिएको छ ।

लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल, एरिया २ अन्तरगत क्रियाशिल सम्पूर्ण लायन्स क्लव तथा लियो क्लवहरुको सहकार्यमा बिभिन्न स्थानमा भएको आँखा परीक्षण सिविरमा २ सय ५० जना मोतियाबिन्दुका बिरामीहरु पहिचान भएका छन् ।

पहिचान भएका सबै मोतियाबिन्दुका बिरामीहरुलाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा माघ २४ देखि २५ गतेसम्म शल्यक्रिया गरिने लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल, एरिया २ का एरिया चिप जेपी यादबले बताए ।

मोतियाबिन्दुका बिरामीहरुको शल्यक्रिया, आवास, खाना, यातायात लगायत कुनैपनि खर्च नलाग्ने एरिया चिप यादबले बताए ।

लायन्स क्लवको बार्षिक भिजन कार्यक्रम अन्तरगत आँखा परीक्षण सिबिर सञ्चालन गरिएको मूख्य कार्यक्रम संयोजक हरिबंश भेटवालले बताए । स्रोत र साधनको अभावमा मोतियाबिन्दुका कारण दृष्टिबिहीन भएकाहरुलाई दृष्टि प्रदान गर्ने उद्देश्यले आँखा परीक्षण सिविर संचालन गरिएको उनले बताए ।

मकवानपुर जिल्लाको शिखरकटेरी, पाथिभरा, बुढिचौर, राईगाउ, बागमती बारा जिल्लाको इन्नरवासिरा, हरिपुर, हल्खोरिया, हरपुर सर्लाही जिल्लाको रामनगरमा आँखा परीक्षण शिबिर सन्चालन सञ्चालन गरिएको थियो ।

लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल अन्तरगत रहेका क्लवहरुले स्थानीय क्षेत्रमा बिभिन्न सामाजिक कार्यहरु सञ्चालन गर्दै आएको छ ।