प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

भारतीय सिने जगतमा हेटौंडाकी बरिसा भाइरल !

२०७९ भाद्र ३०, बिहीबार १२:१९ बजे

हेटौंडा – भारतीय कोरियोग्राफर रेमो डीसूजाले पनि हेटौँडाको रसल एकेडेमीकी बालिका बरिसा क्षेत्रीसंग भेट्न चाहेको बताएका छन् । उनले आफ्नो इन्ट्राग्राममा डुएट भिडियो शियर गर्दै बरिसासंग ब्यक्तिगत रुपमा भेट्न चाहेको बताएका हुन् । 

बालिकाले ‘सामी सामी’ गीतमा नाचेको भिडियो शेयर गर्दै रेमो डीसूजाले लेखेका छन्, "उनलाई हेर्नुस्, हे भगवान उनको अनुहारको भाव, अनुग्रह र सबै भन्दा राम्रो लिपसिङ्क छ, म उनलाई ब्यक्तिगत रुपमा हेर्न चाहन्छु।"

उक्त गतिमा डान्स गर्ने बरिसाका हेटौँडा उपमहानगरपालिका वडा नं. ९ की हुन् । उनी घर नजिकैको सिमेन्ट रोडस्थित रसल एकेडेमीमा युकेजीमा अध्ययनरत छिन् । 

रसल एकडेमीका प्रिन्सिपल सरोज पौडेलका अनुसार उक्त भिडियो करिब ५/६ महिना अगाडिको हो । बरिसाले विद्यालयको अतिरिक्त क्रियाकलापमा ‘सामी सामी’ गतिमा डान्स गरेकी थिइन् ।

उक्त भिडियो सोही विद्यालकी शिक्षिका रोसनी कार्कीले कैद गरेकी थिइन् । उनले चार दिन अगि आफ्नो टिकटक अकाउन्टमा फोस्ट गरेकी थिइन् ।अहिले भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यसअघि लोकप्रिय दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाले पनि बरिसासंग भेट्ने इच्छा ब्यक्त गरेकी थिइन् । 

 
 
 
View this post on Instagram

A post shared by Remo Dsouza (@remodsouza)

https://www.instagram.com/p/CihEt-8Joe-/?hl=en