हेटौंडा - मकवानपुरमा एकै दिन झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । एक जना महिला र एक जना पुरुषले आइतबार झुण्डिएको अवस्थामा फेला परेको हो ।
मकवानपुरगढी गाउँपालिका४ सयपत्री टोल बस्ने बर्ष ३० कि शान्ति बलको झुण्डिएको झुण्डिएको अवस्थामा फेला परेकी हुन्। उनको आफ्नै घरमा आफु सुत्ने कोठामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै हेटौंडा उपमहानगरपालिका-१४ उत्तरपानि बस्ने बर्ष ४४ को सालिकराम घलानको झुण्डिएको अवस्थामा फेला परेको हो । उनको आफ्नै घरदेखि अन्दाजी १०/१५ मिटर पुर्ब तर्फ रहेको काप्रोको रुखमा प्लाष्टिकको डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
झुण्डिएका दुबै जनाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको र अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।