प्रहर खबर
 २०८० आश्विन १७, बुधबार    

मकवानपुर–१ मा मताअन्तर फराकिलो बनाउँदै डिना

२०७९ मंसिर ७, बुधबार ०१:५८ बजे

हेटौंडा – मकवानपुर क्षेत्र नम्बर १ मा ३३ हजार ६२ मत गणना हुँदा गठवन्धनका उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले अग्रता कायमै राखेकी छन् । उनले १२ हजार ४९२ मत प्राप्त गरेकी छन् ।

दोस्रोमा नेकपा एमालेका उम्मेदवार कमल थापाले ९ हजार ७८९ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपाका दिपक बहादुर सिंहले ६ हजार ७८५ मत प्राप्त गरेका छन् ।