प्रहर खबर
 २०७९ आश्विन ११, मंगलबार    

मकवानपुरमा आफिम र गाँजा बरामदः एक पक्राउ, एक कुलेलाम

२०७९ आश्विन ६, बिहीबार १८:४३ बजे

हेटौंडा – मकवानपुरको छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषध बरामद गरी एक जनालाई पक्राउ गरेको छ भने एक जना फरार भएका छन् ।

जिल्लाको मनहरी गाउँपालिका–६ लोथरबाट करिब १ किलो ८ सय ग्राम लागूऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । बुधबार साँझ राक्सिराङ गाउँपालिका–४ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी हेटौंडा उपमहानगरपालिका–११ पुन्यक्षेत्रबाट अवैध लागूऔषध करिब ८० किलोग्राम गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ना.८ ख २५४२ नम्बरको गाडी चेकजाँच गर्दा उक्त गाँजा बरामद गरेको हो । प्रहरीलाई देख्ना साथ चालक गाडी छोडेर फरार भएको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।