प्रहर खबर
 २०७९ असार १२, आईतबार    

गोरखा र कास्कीमा भूकम्प गयो

२०७९ असार ९, बिहीबार १०:४७ बजे

काठमाडौं – गोरखा र कास्की केन्द्रबिन्दुर भएर बुधबार दुई वटा भूकम्प गएका छन् । 

गोरखा केद्रबिन्दु भएर ४.१ म्याक्निच्युडको भूकम्प गएको छ भने कास्की केन्द्रबिन्दु भएर ४.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार कास्की केन्द्रबिन्दु भएर गएको भूकम्प बिहान ३ बजेर ५६ मिनेटमा गएको थियो भने गोरखा केन्द्रबिन्दु भएर बिहान ७ बजेर २२ मिनेटमा गएको थियो ।

भूकम्पको धक्का गोरखा, कास्की, लमजुङ, तनहुँलगायतका जिल्लामा महसुश गरिएको थियो । यद्यपि भूकम्पबाट क्षति भएको विवरण भए कतैबाट आएको छैन ।

यो विनाशकारी ‘गोरखा भूकम्प’को परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । उनले यो पराकम्प नभई भुकम्प रहेको बताए ।