प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

थप ८५२ जनामा कोरोना पुष्टि

२०७९ भाद्र १, बुधबार ११:०३ बजे

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुल ६ हजार ३८३ जनाको कोरोना परीक्षण गर्दा ८५२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

तीन हजार ८७६ पीसीआर परीक्षण गर्दा ५३१ र दुई हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३२१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२८ जना सङ्क्रमणमुक्त भएका छन् भने नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४६२ पुगेको छ ।