प्रहर खबर
 २०७९ मंसिर १६, शुक्रबार    

हेटौंडाबाट पण्डित पक्राउ

२०७९ असार २७, सोमबार १२:५३ बजे

हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले लेनदेन बिगो मुद्दाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका वडा नं.४ बस्ने मुक्तीनाथ पण्डित रहेका छन् ।

लेनदेन बिगो मुद्धाका फरार प्रतिवादी पण्डितलाई हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्कबाट शुक्रबार गरिएको आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालत बबरमहल पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।