प्रहर खबर
 २०८० मंसिर २६, मंगलबार    

सुन व्यवसायीमाथि गोली प्रहार

२०७९ पौष ४, सोमबार ०५:०१ बजे

काठमाडौं – एक सुन व्यवसायीमाथि अज्ञात व्यक्तिले गोली चलाएका छन् । कैलालीको अत्तरियामा सुन व्यवसाय संचालन गर्ने घोडाघोडी नगरपालिका १ सुखडका विकाश सुनारमाथि गोली चलाएको हो ।

गोदावरी नगरपालिका २ सशस्त्र क्याम्प अगा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको नम्बर नखुलेको सेतो कलरको अपरिचित मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली चलाएको प्रहरीले जनाएको छ ।

गोली प्रहारबाट प्रदेश नम्बर ३०२०११ प ७३५० नम्बरको मोटरसाइकलमा सवार सुनार घाइते भएका छन् । उनको दाहिने हात र ढाडमा चोट लागेका प्रहरीले जनाएको छ। घाइतेको उपचार माया मेट्रो अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।