प्रहर खबर
 २०८१ बैशाख ८, शनिबार    

त्रिभुवन विमानस्थलमा बम राखेको फोन आएपछि...

२०७९ बैशाख २१, बुधबार ०५:१२ बजे

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु रहेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि  हंगामा भएको छ । आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ ।

अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान बन्द छ । अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ ।

त्रिभुवन विमानस्थलका एक अधिकारीले भने, ‘अज्ञात व्यक्तिले आज बिहान टेलिफोन गरी आन्तरिक टर्मिनलमा ५/६ वटा बम रहेको भनेपछि यात्रुहरु सबैलाई बाहिर निकालेर सर्च अपरेसन जारी राखेका छौं ।’ तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरु विमानस्थलमा पुगेका छन् ।अनलाइनखबरबाट