प्रहर खबर
 २०८१ बैशाख ५, बुधबार    

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

२०८० माघ २७, शनिबार १८:१५ बजे

काठमाडौँ – झापाको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । झापाको दमक नगरपालिका–१ देवान चोकमा को.१० प ९९३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री दमक नगरपालिका-१ भाङबारी बस्ने ६४ वर्षीय राम कुमार राईको शुक्रबार साँझ मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पताल दमक हुँदै बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको दमक अस्पतालमा उपचार भइरहेको छ ।