प्रहर खबर
 २०७९ भाद्र २, बिहीबार    

अन्तराष्ट्रिय मकवानपुर गोल्डकप आजदेखि सुरु

२०७९ जेठ १९, बिहीबार ०८:५५ बजे

हेटौंडा – चौथो सस्करणको स्थानीय तह सहिद स्मृती अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता आज (बिहिबार) देखि हेटौंडामा सुरु हुँदैछ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा मोफसलका दुई टोली समुह ए बाट नवजनजागृृती र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

मकवानपुर जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा एडिभिजन, मोफसल र विदेशी सहित १२ टोलीको सहभागिता रहेको छ । नेपाल आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस् क्लब, खुमलटार युथ क्लब, चर्च ब्वाइज क्लब, विदेशी टोली एभिनियर एफसी, बागमती युवा क्लब, बि.एफ.सि.चितवन, नवजन जागृती युवा क्लब र घरेलु टोली विजय युथ क्लब सहभागी हुनेछन् ।

आज १९ गते सुरु भएको प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुने छ । विजेता टोलीले ट्रफिसहित नगद १५ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछन् । विधागत उत्कृट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई हेटौंडा स्कुलअफ म्यानेजम्यान्टले बुलेट बाईक प्रदान गर्नेछ । हरेक खेलको म्यान अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन्। मकवानपुरको १० वटा स्थानीय तहको सहयोगमा हुने प्रतियोगितामा १ करोड १७ लाख ९२ हजार खर्च हुने अनुमान गरिएको छ ।

खेलकुदको माध्यमबाट सहिदहरुप्रति सम्झना र सम्मान गर्ने उदेश्य सहित २०६४ सालमा जिल्ला फुटबल संघ मकवानपुरले पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।

पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लब र २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । तेस्रो संस्करणको प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो भने घरेलु टोली मकवानपुर–११ उपविजेता बनेको थियो।

सम्बन्धित समाचारः यो पनि पढ्नु होस् । 

अन्तराष्ट्रिय मकवानपुर गोल्डकपको तयारी पुरा, उद्घाटनमा बागमती र नव जनजागृती भिड्ने