प्रहर खबर
 २०७९ माघ २४, मंगलबार    

रास्वपा वाचापत्र: संवैधानिक परिषद् खारेज, २११० मा गरिबी शून्य(पूर्णपाठसहित)

२०७९ कार्तिक १७, बिहीबार १५:३२ बजे

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन वाचापत्र सार्वजनिक गरेको छ । बिहीबार रवि लामिछाने नेतृत्वको रास्वपाले निर्वाचनका लागि वाचापत्र सार्वजनिक गरेको हो ।

रास्वपाको वाचापत्रमा भनिएको छ,‘संवैधानिक परिषद् खारेज । राष्ट्रिय सभाको बहुमतले सिफारिस गरेको व्यक्तिहरुबाट प्रतिनिधिसभामा सुनुवाइ गरी संवैधानिक निकायमा नियुक्ति गर्ने ।’

उक्त वाचापत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने शासकीय स्वरुपलाई अंगीकार गरेको छ । ‘जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने,’ वाचापत्रमा उल्लेख गरिएको छ ।

वाचापत्रमा अबको ३१ वर्षपछि अर्थात् विसं। २११० मा गरिबीको सङ्ख्या शून्यमा झार्ने अठोट गरिएको छ । ‘‘गरिबीको रेखामुनि रहेका नेपालीको सङ्ख्या शून्य हुनेछ । सबै नागरिकको सामाजिक र आर्थिक सुरक्षाको ग्यारेन्टी हुनेछ ।’’रास्वपाको वाचापत्रमा भनिएको छ । त्यस्तै, गाउँ र सहरलाई आधुनिक सुविधासम्पन्न बनाइने छ ।