प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

मकवानपुरमा चट्याङ लागेर एक जना घाइते

२०७९ चैत्र ७, मंगलबार ०३:२५ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नंं.४ स्थित मसिनेमा गएराति अबिरल बर्षासंगै परेको चट्याङ लागेर एक जना घाइते भएका छन् । चट्याङबाट स्थानीय ६२ बर्षीय बम बाहादुर थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार राति १० बजे आफ्नै घर अगाडी आगनमा उभिरहेका थिङलाई चट्याङ लागेको थियो । चट्याङ लागेर टाउकाको कापाल जलेको र छातिमा चोट लागेको थिङको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।