प्रहर खबर
 २०८१ असार ६, बिहीबार    

मकवानपुरगढी गाउँपालिका अध्यक्ष स्याङ्तानको घर जलेर नष्ट

२०८१ जेठ २९, मंगलबार १३:२७ बजे

हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानको घरमा आगलागी भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नं.३ धमिलेस्थित रहेको अध्यक्ष स्याङतानको घरमा  मंगलबार दिउँसोको आगलागी भएको हो ।

घरमा लागेको आगो प्रहरी, स्थानीय र हेटौंडा उपमहानगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा आएको छ । आगलागीबाट घर जलेर पूर्णरुपमा क्षति भएको छ भने क्षतिको विवरण भने आउँन बाँकी छ ।

आगलागीको कारण विद्युत सर्ट भएर भएको स्थानीयहरुको भनाई छ । तर पुष्टी हुन भने बाँकी रहेको छ ।