प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

हेटौंडामा सिंहले बनाए ३४० मतको अग्रता

२०७९ जेठ ३, मंगलबार ०७:५३ बजे

हेटौंडा – बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडाको मेयर पदमा राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले ३४० मतले अग्रता बनाएका छन् ।

पछिल्ले मतपरिणाम अनुसार सिंह ८ हजार ६९३ मत सहित पहिलो स्थानमा छन् । त्यस्तै गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मिना कुमारी लामा ८ हजार ३५३ मत सहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका अनन्त प्रसाद पौडेल ६ हजार८५३ मत सहित तेस्रो स्थानमा छन् ।