प्रहर खबर
 २०८० आश्विन १७, बुधबार    

ट्रकको ठक्करबाट पाण्डेको मृत्यु

२०८० जेठ १७, बुधबार ०८:५७ बजे

हेटौंडा – ट्रकको ठक्करबाट चितवनमा एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं.४ बस्ने ६५ वर्षीय हरि पाण्डे रहेका छन् ।

प्रहरीका अनुसार राप्ती–४ मार्तल पुल नजिकै पूर्व बाट पश्चिम तर्फ आउँदै गरेको बा.प्र. ०३(००१ ख १८६३ नम्बरको ट्रकले साईकल यात्री पाण्डेलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट टाउको, अनुहार र हात खुट्टामा चोट लागेको पाण्डेको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालक मकवानपुर हेटौंडा हेटौंडा उपहानगरपालिका वडा नं.९ बस्ने २५ वर्षीय दिपेश अधिकारी प्रहरीको नियन्त्रणमा रहेका छन्। यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।