प्रहर खबर
 २०८१ असार ३१, सोमबार    

हेटौंडा उपमहानगरपालिकाविरुद्ध अवहेलना मुद्दा, अदालतको ७ दिने अल्टिमेटम

२०८१ जेठ २५, शुक्रबार ०८:५० बजे

हेटौंडा – अदालतको अवहेलना भएको भन्दै हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकासहितलाई उच्च अदालत पाटन हेटौंडा इजलासमा अवहेलना मुद्दा दर्ता भएको छ। गोपाल श्रेष्ठले दिएको रिट निवेदनको पक्षको अल्पकालिन अन्तरिम आदेशको अवहेलना भएको भन्दै हेटौंडा इजलाशले लिखित जवाफ सहित ७ दिनभित्र पेश गर्न भनेको छ ।

 

हेटौंडा उपमहानरपालिका वडा नं.१० स्थित सिमाचोकबाट टिसिएन रोड निस्कने सडकको किनारमा रेलिङ्ग राख्ने कार्यमा विवाद भएपछि उच्च अदालत पाटन हेटौंडा इजलासमा मुद्दा परेको थियो । न्यायाधीस मिना गौतम सेडाईको एक्कल एजलासले शुक्रबार जेष्ठ २३ गतेसम्म निवदेकहरुको जग्गा घरमा प्रवेश गर्न असर पर्ने गरी फलामको पोल, फलामको रेलिङ्ग लगाउने कार्य नगर्न/नगराउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतले दिएको आदेशविरुद्ध भोली पल्टनै फिल्डमा आफै उपस्थित भएर हेटौंडा–१० का वडाअध्यक्ष फूर्वा दोर्जे लामाले दलबल प्रयोग गरेर सडकको दुबैतर्फ रलिङ राखेका थिए । उक्त रेलिङ राख्दा सडक स्थानीय र व्यवसायीहरुलाई असर पुगेको छ भने सडक वारपार गर्न बनाईएको जेब्राक्रसको समेत पैदलयात्रुले प्रयोग गर्न पाएका छैन् ।

हेटौंडा–१० रेलिङ विवादः अदालतले भन्यो काम रोक्नु, वडाअध्यक्षले मानेनन्

हेटौंडा–१० रेलिङ विवादः काम रोक्न अल्पकालिन अन्तरिम आदेश