प्रहर खबर
 २०८० आश्विन १७, बुधबार    

सुनको मूल्यमा गिरावट

२०७९ भाद्र ३१, शुक्रबार ०५:२७ बजे

काठमाडौं – नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । बिहिबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा १ हजार रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।