प्रहर खबर
 २०८१ जेठ ४, शुक्रबार    

मकवानपुरमा मयूरी दुर्घटना, नेपाली सेनाका जवान र अमलदार घाइते

२०८० चैत्र २१, बुधबार ०९:३५ बजे

हेटौंडा – त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.१ मा मंगलबार मयुरी दुर्घटना हुँदा नेपाली सेनामा कार्यरत दुई जना घाइते भएका छन् ।

घाइते हुनेहरुमाखलम्जुङ मर्स्याङदी–४ घर भई नेपाली सेनाको चनमन ब्यारेक पालुङ मकवनापुरमा कार्यरत सिपाही २५ बर्षीय लिलिजङ गुरुङ र धादिङ खनियाबास–३ घर भई नेपालीसेनाको त्रिनेत्रगण सुनाचुरी मकवानपुरमा कार्यरत अमलदार ३० बर्षीय धन बहादुर तामाङ रहेका छन् ।

सुपारीटार ब्यारेकबाट हेटौंडा तर्फ आउदै गरेको ना.१ ह ३२३० नम्बरको मयुरी ९सिटि रिक्सा० आफै अनियन्त्रित भएर दुर्घटना भएको सिपाही गुरुङ र अमलदार तामाङ घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घाइते दुबैको हेटौंडा मोडल अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ । मयुरी र मयुरी चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।