प्रहर खबर
 २०७९ माघ २४, मंगलबार    

भारतलाई हराउँदै इङ्ल्याण्ड टी–२० विश्वकप क्रिकेटको फाइनलमा

२०७९ कार्तिक २४, बिहीबार १७:१४ बजे

काठमाडौं – भारतमाथि सानदार जित निकाल्दै इङ्ल्याण्ड आईसिसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

एडिलेट ओभलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्यान्डले फाइनलमा स्थान बनाएको हो ।

भारतले दिएको १६९ रनको लक्ष्य इङ्ल्याण्डले बिना कुनै विकेट क्षति १६ ओभरमा पुरा गर्‍यो। इङ्ल्याण्डको सहज जितमा ओपनर एलेक्स हेल्ले र जस बटलरले बिस्फोटक ब्याटिङ गरे।

एलेक्सले ४७ बलमा ८ छक्का र ४ चौकासहित ८६ रन बनाउँदा बटलरले ४९ बलमा ३ छक्का र ९ चौकासहित ८० रन बनाए।

यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो। भारतका लागि हार्दिक पान्ड्याले सर्वाधिक ६३ र विराट कोहलीले ४० बलमा ५० रन बनाए ।

योसँगै विराट कोहली टी९२० आईमा ४ हजार रन पूरा गर्ने विश्वकै पहिलो ब्याटर बनेका छन्। लोकेश राहुल ५,रोहित शर्माले २७, सूर्यकुमार यादव १४ र ऋषभ पन्तले ६ रन बनाए ।

इंग्ल्यान्डका लागि क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए। आदिल राशिद र क्रिस वोक्सले एक९एक विकेट हात पारे।

अब इङ्ल्याण्डले उपाधिका लागि पाकिस्तानसँग आइतबार प्रतिस्धर्पा गर्नेछ।