प्रहर खबर
 २०७९ चैत्र १२, आईतबार    

पेस्तोल सहित एक जना पक्राउ

२०७९ आश्विन ३०, आईतबार १३:२३ बजे

हेटौंडा – धनुषाको सवैला नगरपालिका– १२ नहर चोकस्थित मैनाथपुर बिरेनद्रबजारबाट कटुवा पेस्तोल सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका–७ चोहर्वा बस्ने ३५ वर्षीय राम सागर ठाकुर रहेको प्रहरीले जनाएको छ ।

प्र.२–०१–००२ प.३७२० नम्बरको मोटरसाइकलमा सवार राम प्रहरीलाई देख्नासाथ भाग्न खोजेपछि नियन्त्रणमा लिएर चेकजाँच गर्दा उनले बोकेको झोलाबाट एक थान पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । हाल फरार मोटरसाइकल चालक फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।