प्रहर खबर
 २०८० आश्विन १७, बुधबार    

कानको मुन्द्रा लुटपाटमा गर्ने ढुङ्गाना पकाउ

२०८० जेठ ११, बिहीबार ०३:५८ बजे

हेटौंडा – महिलाको कानको मुन्द्रा लुटपाटमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे पाँचखाल नगरपालिका–६ घर भई हाल काठमाडौं न्युरोड बस्ने २७ वर्षीय प्रबिन ढुङ्गाना रहेका छन् ।

बुधबार बिहान काठमाडौं महानगरपालिका–१५ डल्लु रामँघाट नजिक हिँडिरहेको अवस्थामा सोही ठाउँ बस्ने बस्ने ३० वर्षीया महिलाको दाहिने कानको मुन्द्रा लुछेर भाग्दै गरेको अवस्थमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त लुटपाट गरेको मुन्द्रासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।