प्रहर खबर
 २०८० आश्विन १७, बुधबार    

गोरखामा प्रचण्ड अग्रता बढाउँदै, अब्दुसले कति पाए मत ?

२०७९ मंसिर ५, सोमबार १५:५१ बजे

काठमाडौं – गोरखा क्षेत्र नम्बर २ को गठबन्धनको उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अग्रता फराकिलो बनाउँदै गएका छन् ।

५५० मत गणना सम्पन्न हुँदा प्रचण्डले निकटम प्रतिद्वन्द्वीले भन्दा ३२२ मत बढी पाएका छन् । उनले ३९१ मत पाउँदा घण्टी चुनाव भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ६९ मत पाएका छन् ।

जवकी एमालेका उम्मेदवार अब्दुस सलाम मियाले मात्र ३३ मत मात्र पाएका छन् । गोरखा २ को प्रारम्भिक मतगणनाअनुसार एमालेले भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले धेरै मत पाएका हुन् ।