प्रहर खबर
 २०८१ माघ २, बुधबार    

सन्दीप विश्वकप खेल्न वेष्ट इण्डिज जाने

२०८१ जेठ २८, सोमबार ०७:३२ बजे

काठमाडौं – नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकपमा सहभागी हुने भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले एक विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजमा हुने खेलहरूमा सन्दीप समावेश हुने जानकारी गराएको हो ।

प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्दै सन्दीपलाई विश्वकप खेल्ने १५ जनाको टोलीमा समावेश गरिएको क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आइसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको दुई खेलमा उनी सहभागी हुने क्यानले जनाएको छ ।