प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

हेटौंडामा मोटरसाइकलले ९ वर्षीय बालकलाई ठक्कर दियो

२०८० बैशाख २१, बिहीबार १५:०३ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उमहानगरपालिका वडा नं.१७ गैरीगाँमा मोटरसाइकलको ठक्करबाट ९ वर्षीय बालक घाइते भएका छन् । घाइते हुनेमा स्थानीय प्रदिप थापाको छोरा ९ वर्षीय आयुष थापा रहेका छन् ।

कान्तिलोकपथ अन्तर्गत हेटौंडाबाट मकवानपुरगढीतर्फ जादै गरेको बा.प्र.०३–००२ प ०५२८ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्ने क्रममा आयुषलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट आयुषको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेको छ । घाइते बालकको उपचारको लागि सन्चो अस्पताल हेटौंडा पठाईएकोमा त्यहाँबाट नर्भिक अस्पताल काठमाण्डौं रिफर गरिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।