प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

भागवण्डा टुंगियो, कस्को भागमा कति मन्त्रालय ?

२०७९ माघ ३, मंगलबार ०३:१२ बजे

काठमाडौं – सत्ता गठवन्धनको बैठकले मन्त्रालयको भागवण्डा टुंगो लगाएको छ । सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालय भागवण्डा टुंगो लगाएको हो ।

सहमतिअनुसार एमालेले राष्ट्रपति पद लिनेछ । त्यस्तै उपराष्ट्रपति माओवादीले पाएको छ । प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने पूर्व सहमति छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनिसकेका छन् भने सभामुख एमालेले पाउनेछ । उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको छ । 

जसअनुसार एमालेले ८, माओवादीले ४, रास्वपा र राप्रपाले ३/३ र जनमत पार्टीले एक मन्त्रालय पाउनेछ भने जसपाले २ मन्त्रालय पाउने छ ।

एमालेले अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय प्राप्त गर्नेछ । माओवादीको भागमा भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परेको छ ।

त्यस्तै रास्वपाको भागमा गृह, शिक्षा र श्रम मन्त्रालय परेको छ भने राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय पाएको छ । त्यस्तै जनमतले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ ।