प्रहर खबर
 २०८१ जेठ ४, शुक्रबार    

मकवानपुरका कोइराला र घलान प्रहरीको फन्दामा

२०८१ बैशाख २०, बिहीबार १९:२१ बजे

हेटौंडा – मकवानपुरका दुई युवा लागुऔषध गाँजा सहित बाराबाट पक्राउ परेका छन् ।

ट्रकमा लागूऔषध गाँजा ओसारपसार गरेको आरोपमा ट्रकका चालक मकवानपुरको मनहरी गाउँपालिका–२ स्थायी घर भएका ३२ वर्षीय आकाश भन्ने दीपक कोइराला र ट्रकमा सवार हेटौंडा–१३ पदमपोखरीका ३० वर्षीय जीवन घलानलाई बारा प्रहरीले पक्राउ गरेको हो ।

बाराको रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना ५ ख ७५५२ नम्बरको ट्रकलाई निजगढ नगरपालिका–१० लालपार्कस्थित सडकमा प्रहरीले रोकेर चेकजाँच गर्दा दुई क्वीन्टल १६ केजी गाँजा भेटिएपछि ट्रक चालक कोइराला र घलानलाई नियन्त्रणमा लिएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

गाँजासहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।