प्रहर खबर
 २०८१ माघ २, बुधबार    

हेटौंडामा टी २० क्रिकेट प्रतियोगिता सुरु

२०८० फाल्गुन २६, शनिबार १८:०९ बजे

मकवानपुर – हेटौंडामा अन्तर क्याम्पस टी २० क्रिकेट प्रतियोगिता सुरु भएको छ । हेटौंडा जेसीजको आयोजनामा हेटौंडा–४ हुप्रचौरमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले उद्घाटन गरे ।

हेटौंडा जेसीज वर्ष सन् १९९२ का अध्यक्ष पूर्ण शाक्यको स्वर्गीय आमा अष्टकुमारी शाक्यको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता फागुन २९ गतेसम्म हुने जनाइएको छ ।

प्रतियोगितामा गृह जिल्लासहित बारा, पर्सा र चितवनका क्याम्पसहरुले सहभागिता जनाएको हेटौंडा जेसीज वर्ष सन् २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए ।

४ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार नगदसहित ट्रफि र मेडल प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई पनि जनही पाँच÷पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।

आज पहिलो खेल हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र हेटौंडा सिटी कलेजबीच भएको थियो ।