प्रहर खबर
 २०७९ असार १२, आईतबार    

५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ 

२०७९ असार ९, बिहीबार १३:१३ बजे

हेटौंडा –एक बालिका बलात्कार गरेको अभियोगमा जितपुरसिमरा उपमहानगरपालिका–२२ चकरी बस्ने १८ वर्षीय किशोर पक्राउ परेका छन् । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार किशोरले ती बालिकालई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेका थिए । खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।