प्रहर खबर
 २०८० मंसिर २६, मंगलबार    

एमाले बाग्मती प्रदेश अध्यक्षमा ५ जनाकाे उम्मेदवारी

२०८० आश्विन १०, बुधबार १४:३० बजे

काठमाडौं – नेकपा एमालेको बाग्मती प्रदेश कमिटीको अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा कृष्णप्रसाद दाहाल, कैलाश ढुङ्गेल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेको उम्मेदवारी परेको हो ।

यस्तै प्रदेशको उपाध्यक्ष पदमा सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथला गरी पाँचै जनाको उम्मेदवारी परेको छ ।

प्रदेशको सचिवमा चार जनाको उम्मेदवारी परेको छ । सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र रामकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपसचिवका लागि १२ जनाको उम्मेदवारी परेको छ ।

प्रदेशको पाँच पदमा २६ जनाको उम्मेदवारी परेको हो । अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव चयन हुनेछन् । चुनावका लागि मतदान भोलि बिहीवार हुनेछ ।