प्रहर खबर
 २०७९ मंसिर १६, शुक्रबार    

कलाकार जेरी र शंकरबीच सम्बन्धविच्छेद

२०७९ कार्तिक २४, बिहीबार १७:४५ बजे

काठमाडौं – नेपाली लोकदोहोरी क्षेत्रका चर्चित कलाकार बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद भएको छ । काठमाडौँ जिल्ला अदालत पुगेर बिहीबार औपचारिक रुपमै यी जोडीले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् ।

सम्बन्धविच्छेदलाई सहमतिमै टुंग्याएको गायिका बबिताले सामाजिक सञ्जालमाफत् बताएकी छन् । बबिता र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो । सम्बन्धविच्छेदलाई औपचारिक रुप दिएपछि गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताए ।

बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ । शंकरले भने, ‘सम्बन्ध टुंग्याउन मन त थिएन, तर वैचारिक मत भिन्नता भएपछि सँगै पनि बस्न सकिएन । सहमतिमै सम्बन्ध टुंगायौं ।’