प्रहर खबर
 २०८१ बैशाख ८, शनिबार    

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

२०७९ चैत्र ९, बिहीबार १२:४६ बजे

हेटौंडा – बाराको निजगढ नगरपालिका १३ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा निजगढ नगरपालिका १३ वेशीगाउँका १८ वर्षीय दिपक बिक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दिपकको उपचारको क्रममा रतनपुर स्थित एम्स अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार सोही ठाँउका ३० वर्षीय चन्द्र बहादुर बल र १७ वर्षीय निभराज मोक्तानको सोही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । ना २३ प ६२७७ नम्बरको मोटरसाइकल बुधबार बेलुका अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिएको अस्थायी प्रहरी पोष्ट रतनपुर बाराले जनाएको छ ।