प्रहर खबर
 २०८० आश्विन १७, बुधबार    

हात्तीको आक्रमणबाट घाइते भएकी मकवानपुरकी अधिकारीको मृत्यु

२०७९ फाल्गुन ८, सोमबार १५:२७ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट घाइते भएकी एक वृद्धाको मृत्यु भएको छ ।

मनहरी गाउँपालिका–४ मसिने बस्ने ६४ वर्षीया राधा अधिकारीको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले सोमबार बिहान  करेसाबारीमा काम गरिरहेकी अधिकारीलाई आक्रमण गरी घाइते बनाएको थियो । उनलाई  तत्काल उद्धार गरी हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार लागि ल्याइएको थियो । 

त्यहाँ उपचार संम्भव नभएपछि थप उपचारको लागि आजै दिउँसो चितवन रिफर गरिएको थियो । उनको उपचारको क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । 

यो पनि पढ्नुहोस् 

हेटौंडामा बाघको आतंक

मकवानपुरमा बाघ आतंक: गाउँ गाउँ चार्दै, पशुचौपाया मार्दै

मकवानपुरमा बाघ र हात्ती आतंक