हेटौंडा – मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माण सहयोगार्थ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ हुने भएको छ ।
श्री मानव सेवा फाउण्डेसन, नेपालको आयोजनामा आउँदो श्रावण ०१ गते देखि श्रावण ३२ गतेसम्म श्री पशुपति क्षेत्र, ९वनकाली० हंस मण्डप, काठमाडौंमा हुने भएको हो ।
श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ–२०८१ लाई भव्य र सभ्य रुपमा सम्पन्न आयोजक टोली तयारीमा जुटेका छन् । महायज्ञमा गरिमामय उपस्थिति जनाउन र प्रसाद ग्रहणका आयोजकले निमन्त्रणा समेत गरेको छ ।
यस्ता छन् पशुपति कोटिहोम महायज्ञमा हुने अनुष्ठानहरु:
१. सयौँ ब्राह्मणहरु द्वारा पुरै श्रावण महिना भर नियमित कोटि हवन गरिने।
२. अष्टोत्तरशत (१०८ भागवत पाठ पारायण) गरिने।
३. अतिरुद्राभिषेक मास पर्यन्त १४,६४१ आवृति रुद्री गरिने।
४. कोटि पार्थिव शिव लिङ्गलाई कोटि वेलपत्र द्वारा पुजन गरिने।
५. शतचण्डी पाठ पारायण गरिने।
६. चार वेद अठार पुराण पारायण गरिने।
७. श्रीयन्त्र पूजन तथा वितरण गरिने।
८.तण्डुलाचल पर्वत निर्माण गरिने।
९. ५१०० कलश पुजन गरिने।
१०. कन्या पुजन गरिने ९३ देखि ९ वर्ष सम्मका बालिकाहरुलाई०।
११.सामुहिक तुलादान गरिने।
१२.मनकामना पूर्ण कलश स्थापना गरिने।
१३. १००८ शालिग्राम, तिलार्चन तथा तुल्सीदल द्वारा पुजन गरिने।
यस्ता छन् ऐतिहासिक श्री पशुपति कोटिहोम बारे जान्नै पर्ने कुराहरुः
१. एक युगमा एक पटक ईतिहासमै पहिलो पटक आयोजना हुँदैछ।
२.न भुतो न भविष्यती, न भुतकालमा यस्तो महायज्ञ भयो न त भविष्यमा हाम्रो जीवन कालमा हुन सक्ला या नसक्ला।
३.यस ऐतिहासिक कोटिहोममा १५५ जना भन्दा बढी गुरुहरुले नियमित हवन, पाठ पारायण गर्ने, चार वेद अठार पुराणको पारायण हुनेछ, महारुद्राभिषेक हुनेछ, ५१०० कलशको पुजन हुनेछ, कोटी दिप प्रज्वलन हुनेछ, कोटी पार्थिव शिव लिंग पुजन हुनेछ, कोटी वेलपत्र द्वारा कोटी पार्थिव शिव लिङ्गलाई पुजा गरिनेछ।
४.देश विदेशका प्रसिद्ध साधु, सन्त, महन्त, गुरुहरु द्वारा आशिर्वचन मिल्नेछ।
५. राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त वाचक, वाचिकाहरुले कथा प्रवचन रहनेछ।
६. १०८ प्रवक्ताहरु तोकिएको छ।
७.देशका चर्चित उद्घोषकहरुबाट कार्यक्रमको उद्बोधन हुनेछ।
८. राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकाहरुको प्रस्तुतीहरु रहनेछन।
९. विभिन्न सामाजिक अभियान्ताहरुबाट विशेष मन्तव्य हुनेछ।
१०. कवि सम्मेलन हुनेछ, सन्त सम्मेलन हुनेछ, विभिन्न गोष्ठीहरु हुनेछ, सद्भावना सम्मेलनहरु आयोजना हुनेछन।
११. विभिन्न राजनेताहरुको आगमन हुनेछ।