प्रहर खबर
 २०८१ फाल्गुन २, शुक्रबार    

हेटौंडामा अटोको ठक्करबाट एक जना घाइते

२०८० पौष १४, शनिबार १७:५९ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपहानगरपालिका वडा नं.१६ त्रिशुलेचोक नजिकै अटोको ठक्करबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय १३ बर्षीय प्रतिक दुलाल रहेका छन् ।

प्रहरीका अनुसार त्रिशुलेचोकबाट हटिया बजार आउदै गरेको ना २ ह ३७५४ नम्बरको अटोले पैदलयात्री दुलाललाई ठक्कर दिएको हो । मध्यम घाइते भएका उनको हेटौंडामा उपचार भइरहेको प्रहरीले जनाएको छ । अटो र चालक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।