प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

हेटौंडामा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

२०७९ भाद्र ३०, बिहीबार १३:२७ बजे

हेटौंडा - हेटौंडामा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु भएको छ । चितवनस्थित भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।

मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका -४ बस्ने २८ अमृत मैनाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेक बहादुर कार्कीले बताए ।

गत मंगलबार हेटौडा-५ शान्तिनगरस्थित भित्रि सडकखण्डमा शन्तिनगरतर्फबाट सह-मिलतर्फ जादै गरेको ना ४३ प ८२६८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परी मैनाली घाइते भएको थियो ।