प्रहर खबर
 २०८० आश्विन १७, बुधबार    

प्रतिनिधिसभा समानुपातिक प्रारम्भिक नतिजा: एमालेको अग्रता, तेस्रोमा स्वतन्त्र पार्टी, कुन पार्टीको कति मत ?

२०७९ मंसिर ६, मंगलबार ०४:०७ बजे

काठमाडौँ – प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले समानुपातिकतर्फ ६३ हजार २९३ मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५६ हजार ३०६ मत ल्याएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी २८ हजार ५२ मतसहित तेस्रो स्थानमा छ भने नेकपा माओवादी केन्द्रले २४ हजार ५२७ मत पाएको छ। राप्रपाको १४ हजार १७४, जनमत पार्टीको ४ हजार ५२४ र जसपाको ४ हजार ६८० मत छ।

कसले कति मत पाए ?

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ६३२९३
नेपाली काँग्रेस ५६३०६
राष्ट्रिय स्वतन्त्र पार्टी २८०५२
एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा २४५२७
राष्ट्रिय प्रजातन्त्र पार्टी १४१७४
जनता समाजवादी पार्टी, नेपाल ४६८०
जनमत पार्टी ४६०१
नेपाल मजदुर किसान पार्टी ४१५५
नेपाल कम्युनिष्ट पार्टी (एस)२७८४
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल २३४६
अन्य १२२४४