प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

लोहोरा प्रहार गरी श्रीमतीको हत्या

२०७९ आश्विन ८, शनिबार १२:५७ बजे

हेटौंडा – लोहोरा प्रहार गरी एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । अर्घाखाँची सितगंगा नगरपालिका–३ खसर्का बस्ने ५४ वर्षीय पिताम्बर भुषालले आफ्नै श्रीमती ५० वर्षीया मनकला भुषालको हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी बिवादका कारण पिताम्बरले लोहोरा प्रहार गर्दा मनकलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई ईलाका प्रहरी कार्यालय ठाडा र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।