प्रहर खबर
 २०८० आश्विन १७, बुधबार    

हेटौंडा चौकीटोलबाट तीन जना पक्राउ

२०८० जेठ ७, आईतबार ०९:३० बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१ चौकीटोलबाट लागूऔषध गाँजा सहित तीन जना पक्राउ परेका छन् ।

हेटौंडा–भैंसे सडकखण्ड अन्तर्गत काठमाडौबाटं हेटौंडातर्फ आउदै गरेको बिआर शुन्यएक बिएन १५१८ नम्बरको भारतीय कारबाट लागूऔषध गाँजा ९२ किलो सहित तीन जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कार चालक भारत मोजफुरका १८ बर्षीय अमित कुमार, कारमा सवार पर्सा सिखरमाई गाउँपालिका–९ का ५० बर्षीय नैमुदिन मिया र कारमा सवार मकवानपुर कैलाश गाउँपालिका–१० बाझोखेतका ६० बर्षीय बुद्धिमान थोकर रहेको प्रहरीले जनाएको छ ।

भारतीय कार, गाँजासहित तीनैलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।