प्रहर खबर
 २०७९ मंसिर १६, शुक्रबार    

काठमाडौं ९ (क) मा एमाले विजयी

२०७९ मंसिर ७, बुधबार ०७:५३ बजे

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा प्रदेशसभा (क) सदस्यमा नेकपा (एमाले) का हरिकृष्ण डङ्गोल विजयी भएका छन् ।

निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार उनी चार हजार ४५२ मतसहित विजयी भएका हुन् । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बाँस्तोलालाई ४३२ मतले पछि पारे । कांग्रेसका बाँस्तोलाले चार हजार २० मत प्राप्त गरेका छन् ।