काठमाडौं – भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।
नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलमा ३७ पैसा बढाएर पठाएको छ।
आइओसीलाई नेपाल आयल निगमलाई पत्येक १५–१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य पठाउँछ। । आईओसीले आफ्नो लागत तथा कच्चा तेलको मूल्यका आधारमा नयाँ मूल्यसूची पठाउँछ ।
भारतबाट मुल्य बढेर वा घटेर आएमा निगमले नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने व्यवस्था छ । यस पटक पेट्रोलियम पदार्थको मूल्य सामान्य बढेर आए पनि नेपालमा परिवर्तन नगर्ने निर्णयमा निगम पुगेको बताईएको छ । तर निगमले आधिकारीक निर्णय सार्वजनिक गरेको छैन ।
हाल बजारमा प्रतिलिटर पेट्रोल एक सय ७५, डिजेल र मट्टितेल एक सय ५५, हवाइ इन्धन आन्तरिक एक सय ६० रूपैयाँ र बाह्य एक डलर ३५ सेन्ट अमेरिकी डलर र खाना पकाउने एलपिजी ग्यास प्रति सिलिण्डर १८ सय रूपैयाँ छ।