हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका-७, रमन्टारमा घरायसी विवादका कारण कुटपिट हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन्।
बागमती प्रदेश कार्यालय हेटौंडाका अनुसारका कार्तिक १६ गते राति करिब १:४० बजे मनहरीमा ५८ वर्षीय मंगल थिङलाई निजकै ५१ वर्षीया श्रीमती सुशिला थिङले ढुंगाले प्रहार गरेकी हुन्।
घटना घरायसी विवादबाट सुरु भएको र झगडाको क्रममा श्रीमतीले ढुंगाले दाहिने घुँडा मुनि हिर्काउँदा मंगल थिङ घाइते भएका हुन्। प्रारम्भिक उपचारका लागि मनहरी अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि मंगललाई पुरानो मेडिकल कलेज, भरतपुर, चितवन पठाइएको प्रहरीले जनाएको छ।
मंगलको छोरा दीपेश थिङका अनुसार उनको खुट्टामा फ्र्याक्चर भई मध्यम अवस्थाको उपचार भइरहेको छ। प्रहरीका अनुसार कुटपिट गर्ने व्यक्ति हाल खोचतामा रहेको छ र घटनाको थप अनुसन्धान जारी छ।